टार सेवा समाज काठमाडौँको स्थपना तथा यसको उद्देश्यहरु:
नेपाल एउटा बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक देश भएर पनि राज्यस्तरबाट गरिइएको उपेक्षाका कारण यहाँका आदिवासी जनजातिहरुको भौतिक पहिचान संकटपूर्ण अवस्थाबाट गुज्रिरहेको परिप्रेक्ष्यमा काठमाडौँमा रहेका नेपाली आदिवासी जनजातिहरु मध्यका एक तामाङ समुदायले पनि आफ्नै मौलिक भाषा, धर्म र संस्कृतिको संरक्षण र सम्बर्ध्दन तथा समुदाय र राष्ट्रको हक, हित र उन्नतिका लागि सामुहिक र संगठित रुपमा प्रयत्नशील रहन एक सामाजिक संस्था टार सेवा समाज काठमाडौँ गठन गर्न वाञ्छानीय भएकोले यो टार सेवा समाज काठमाडौँ गठन गरिएको हो। यसका साथै काठमाडौँमा प्रवासित तामाङहरु, अन्य नेपाली आदिवासी जनजातिहरु लगायत सम्पूर्ण नेपालीहरुका बीच पारस्परिक सम्पर्क, समन्वय, सहयोग र सुमधुर सम्बन्धको विकास तथा जातीय सदभाव र भातृत्वको अभिवृद्दि गर्दै काठमाडौँमा होस अथवा संसारको जुसुकै देशमा रहँदा आई पर्ने मानवीय कठिनाई र समस्याहरुको समाधानमा कृयाशील रहन र काठमाडौँ अथवा बिश्वाको बिबिन्ना मुलुकमा उनीहरुले प्राप्त गरेका ज्ञान, सीप, प्रविधि, पूँजी आदिको लगानी गर्दै टारको सामाजिक – आर्थिक विकासमा टेवा पुर्याउन टार सेवा समाज काठमाडौँ सदा कटिवध्द रहनेछ।