टार सेवा समाज काठमाडौँको स्थपना तथा यसको उद्देश्यहरुस्
नेपाल एउटा बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक देश भएर पनि राज्यस्तरबाट गरिइएको उपेक्षाका कारण यहाँका आदिवासी जनजातिहरुको भौतिक पहिचान संकटपूर्ण अवस्थाबाट गुज्रिरहेको परिप्रेक्ष्यमा काठमाडौँमा रहेका नेपाली आदिवासी जनजातिहरु मध्यका एक तामाङ समुदायले पनि आफ्नै मौलिक भाषा, धर्म र संस्कृतिको संरक्षण र सम्बर्ध्दन तथा समुदाय र राष्ट्रको हक, हित र उन्नतिका लागि सामुहिक र संगठित रुपमा प्रयत्नशील रहन एक सामाजिक संस्था टार सेवा समाज काठमाडौँ गठन गर्न वाञ्छानीय भएकोले यो टार सेवा समाज काठमाडौँ गठन गरिएको हो।
यसका साथै काठमाडौँमा प्रवासित तामाङहरु, अन्य नेपाली आदिवासी जनजातिहरु लगायत सम्पूर्ण नेपालीहरुका बीच पारस्परिक सम्पर्क, समन्वय, सहयोग र सुमधुर सम्बन्धको विकास तथा जातीय सदभाव र भातृत्वको अभिवृद्दि गर्दै काठमाडौँमा होस अथवा संसारको जुसुकै देशमा रहँदा आई पर्ने मानवीय कठिनाई र समस्याहरुको समाधानमा कृयाशील रहन र काठमाडौँ अथवा बिश्वाको बिबिन्ना मुलुकमा उनीहरुले प्राप्त गरेका ज्ञान, सीप, प्रविधि, पूँजी आदिको लगानी गर्दै टारको सामाजिक – आर्थिक विकासमा टेवा पुर्याउन टार सेवा समाज काठमाडौँ सदा कटिवध्द रहनेछ।
उदेश्य र नीति
९क०काठमाडौँ अथवा बिश्वाको जुनसुकै देशमा रहेका तामाङहरु लगायत सम्पूर्ण टारबासी जनजातिहरुकोबीचमा पारस्परिक सम्पर्क, समन्वय, सहयोग, एकता, सदभाव एवं भातृत्वको अभिवृद्दि गर्दै यहाँ रहँदा उनीहरुले प्राप्त गरेको ज्ञान, सीप, पूँजि, प्रविधि आदिलाई टारको विकासमा सदुपयोग गर्न गराउन प्रयत्नशील रहने।
९ख०काठमाडौँमा स्थापित नेपाली संघ संस्थाहरुसंगको पारस्परिक सम्बन्ध, समझदारी, सहयोग र सहकार्यको संस्कृतिलाई अझ अघि बढाउँदै यहाँ रहेका तामाङहरु लगायत सम्पूर्ण टारबासीहरुको न्यायोचित हक अधिकारको संरक्षण र सम्बर्ध्दनका साथै काठमाडौँमा रहँदा आई पर्ने दुर्घटना र आपतविपत तथा मानव आधिकार सम्बन्धी समस्याहरुको समाधानमा सहयोग गर्न सकृय रहने।
९ग०तामाङ भाषा, लिपि, सहित्य, कला, धर्म, संस्कृति, ईतिहास आदिको अध्ययान संरक्षण, संवर्ध्दन र उत्थानमा जोड दिंदै तामाङ लगायत सम्पूर्ण नेपाली आदिवासी जनजाति र उत्पिडित समुदायको शैक्षिक, वौध्दिक, शारीरिक, आर्थिक तथा सामाजिक अभिवृध्दिका लागि कृयाशील रहने।
९घ०टार र काठमाडौँ दुई जिल्लाबीचको मैत्रीपूर्ण सम्बन्धलाई अझ बढि प्रगाढ बनाउनका लागि सहयोग पुग्ने कुनै पनि कार्यहरु गर्न सकृय रहने।
९ङ०समान उद्देश्य भएका नेपाल लगायत स्वदेश तथा अन्य बाहिरी मुलुकहरुका तामाङ र अन्य जातीय संघ संस्थासंग सदभावपूर्ण सम्पर्क र सम्बन्धको अभिवृध्दि गर्दै साझा सवाल र हकहितका लागि मिलेर कार्य गर्ने।
९च०मानव अधिकारको विश्वव्यापी अधिकार सम्बन्धी अनुबन्धहरु लगायत अन्तर्राष्ट्रिय सन्धि(सम्झौताले दिएका नैसर्गिक मानव अधिकार र त्यससंग सम्बन्धित सबै अधिकार प्राप्तिका लागि कृयाशील रहने।
९छ०उल्लेखित उद्देश्य पूर्तिका लागि अन्य कार्य गर्ने।
९ज०यो संस्था कुनै पनि राजनैतिक दल विशेषसंग असम्बध्द र लाभ निरपेक्ष रहने छ।
कार्य समितिको गठन
(१) साधारण सभाका सदस्यहरुबाट निर्वाचित देहाय बमोजिमको पदाधिकारीहरु रहने १३ (एघार) सदस्यीय एक कार्य समिति गठन गरिने छ ।
अध्यक्ष १
उपाध्यक्ष १
सचिव १
सह–सचिव १
कोषाध्यक्ष १
सदस्यहरु ८
(२) कार्य समितिको कार्यकाल २ (दुुई) वर्षको हुने छ ।
(३) वार्षिक साधारण सभा हुनु भन्दा अगावै कार्य समितिमा रहेको कुनै सदस्यको पद रिक्त हुन आएमा वांकी अवधिका लागि कार्य समितिका सदस्यको मनोनित कार्य समितिद्वारा गर्न सकिनेछ । यसरी सो पदमा निर्वाचन भएको सदस्यको कार्यकाल जुन सदस्य पदरिक्त भएको हो सो सदस्यको वांकी कार्यकाल सम्मका लागि मात्र हुने छ । तर अन्य पदको लागि विधान बमोजिम वांकी अवधिको निमित्त निर्वाचन प्रकृयाद्वारा पद पूर्ति गरिने छ ।
(४) कार्यसमितिको वैठक आवश्यकता अनुसार अध्यक्षले बोलाउने छ । तर कार्य समितिको पदाधिकारीहरुको जम्मा संख्याको ५१% ले बैठक वोलाउन माग गरेमा अध्यक्षले कार्य समितिको बैठक तुरुन्त बोलाउनु पर्नेछ ।
(५) कार्य समितिको बैठकमा सदस्य स्वंय उपस्थित हुनुुपर्नेछ र पदाधिकारीहरुको कुल संख्याको ५१% पदाधिकारीहरु उपस्थित नभई कार्य समितिको बैठक वस्ने छैन ।
(६) कार्य समितिको बैठकमा अध्यक्षले अध्यक्षता गर्ने छ र निजको अनुपस्थितिमा उपाध्यक्ष र उपाध्यक्षको पनि अनुपस्थितिमा वैठकमा उपस्थित सदस्यहरुले छानेको सदस्यले अध्यक्षता गर्नेछ ।
(७) कार्य समितिको बैठकमा बहुमतको निर्णय मान्य हुनेछ र मत बराबर भएमा अध्यक्षले निर्णयक मत दिन सक्नेछ ।
(८) कार्य समितिको बैठकमा छलफल भएको विषयहरुको छुट्टै निर्णय किताबमा लेखी राखिने छ र सो निर्णय विवरणमा बैठकमा उपस्थित सम्पूर्ण सदस्यहरुले सही गर्नु पर्ने छ तर निर्णयमा असहमति जनाउनेहरुले कैफियत खोली सही गर्नु पर्ने छ ।
(९) संस्थाले गर्नेे सम्पूर्ण कार्यहरु कार्य समितिको निर्णयबाट मात्र हुनेछ ।
(१०) माथिका दफाहरुमा जुनसुकै कुरा लेखिएको भएता पनि कार्य समितिले गर्न पाउने कुनै कार्यको सम्बन्धमा कार्य समितिका बहुमत पदाधिकारीहरु लिखित रुपमा सहमत भएमा त्यस्तो सहमतिलाई निर्णय पुस्तिकामा संलग्न गरी त्यस्तो काम बैठक बिना पनि गर्न सकिनेछ । उपरोक्त बमोजिमको सहमतिलाई कार्य समितिको बैठकको निर्णय सरह मानिनेछ ।
सदस्यता शुल्क र सदस्यता प्रदान गर्ने विधि ः
यस विधानको दफा ७ बमोजिमको सदस्यहरुले देहाय बमोजिमको उपदफामा तोकिएको शुल्क तिरी सदस्यता प्राप्त गर्न सक्नेछन् ।
(१) साधारण सदस्य ः
(क) साधारण सदस्य प्राप्त गर्न चाहने व्यक्तिले प्रवेश शुल्क बापत रु ५००।– र वार्षिक शुल्क बापत रु २००।– बुझाई तोकिएको प्रक्रिया अनुसार आवेदन पेश गर्नेलाई कार्य समितिको निर्णयले साधारण सदस्यता प्रदान गर्न सक्नेछ ।
(ख) त्यस्ता साधारण सदस्यले वार्षिक नविकरण शुल्क रु २००।– बुझाउनु पर्नेछ ।
(ग) साधारण सदस्य प्राप्त गर्ने सदस्यले प्रत्येक वर्ष आषाढ महिनाको मसान्त भित्र नवीकरण गराई सक्नु पर्नेछ र त्यस पछिको हकमा तोकिए बमोजिमको थप दस्तुर बुझाई नविकरण गर्न सक्नेछ ।
(२) संस्थापक सदस्य ः
(क) यो संस्था दर्ता हुँदाको बखतका तदर्थ समितिका पदाधिकारीहरु र यस विधानमा सही गर्ने सदस्यहरु संस्थापक सदस्य हुनेछन् ।
(ख) संस्थापक सदस्यहरुले विधानमा उल्लेख भए बमोजिमको शुल्क बुझाई साधारण सदस्य प्राप्त गर्न सक्नेछन् ।
(३) मानार्थ सदस्यः साधारण सभाको निर्णयले उपयुक्त ठानेको समाजसेवी विशिष्ठ व्यक्ति तथा प्रतिष्ठित नेपाली नागरिकहरुलाई मानार्थ सदस्यता प्रदान गर्न सक्ने छ । तर मानार्थ सदस्यको मताधिकार रहने छैन ।
(४) आजीवन सदस्यः यस संस्थाको आजीवन सदस्य हुन चाहने आवेदकले एकमुष्ठ रु.१००००।– शुल्क बुझाई आजिवन सदस्य हुन पाउनेछन् ।
(५) संस्थाले प्रदान गरेको उपदफा १, २, ३ र ४ अनुसारको सदस्यहरुको तोकिएको ढांचामा छुट्टै अभिलेख पुस्तिका रहनेछ ।
पदाधिकारीहरुको काम कर्तव्य र अधिकार ः
कार्य समितिका पदाधिकारीहरुको काम कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ।
(१) अध्यक्षको काम कर्तव्य र अधिकार ः
(क) समिति र सभाको बैठकको अध्यक्षता गर्ने, बैठक संचालन गर्ने ।
(ख) निर्णायक मत दिने ।
(ग) संस्थाको तर्फबाट प्रतिनिधित्व गर्ने वा प्रतिनिधि तोक्ने ।
(घ) संस्थाको नेतृत्व लिने ।
(ड) आवश्यकताअनुसार बैठकहरु बोलाउन सचिवलाई निर्देशन दिने ।
(च) अन्य पदाधिकारी एबं सदस्यहरुलाई कामको बाँडफाँड गर्ने ।
(छ) अभिलेख प्रमाणित गर्ने ।
(२) उपाध्यक्षको काम कर्तव्य र अधिकार ः
(क) अध्यक्षकोे अनुपस्थितिमा अध्यक्षले गर्ने सम्पूर्ण कार्यहरु गर्ने ।
(ख) अध्यक्षले दिएको जिम्मेवारी पूरा गर्ने ।
(३) सचिवको काम कर्तव्य र अधिकार ः
(क) संस्थाको सचिवालयको रेखदेख र संचालन गर्ने ।
(ख) अध्यक्षको निर्देशन अनुसार बैठक र सभा बोलाउने ।
(ग) अभिलेख सुरक्षित राख्ने ।
(घ) अध्यक्षले दिएको अन्य जिम्मेवारी पूरा गर्ने ।
(ङ) अध्यक्षको सहमतिमा प्रस्ताव तयार गरी कार्यपत्र पेश गर्ने ।
(च) विभिन्न क्षेत्रबाट आएका प्रतिक्रिया, सिफरिस, निर्णयहरु समितिमा पेश गर्ने ।
(४) कोषाध्यक्षको काम कर्तव्य र अधिकार ः
(क) संस्थाको कोषको रेखदेख र संचालन गर्ने ।
(ख) साधारण सभामा वार्षिक कार्यक्रम र बजेट पेश गर्ने ।
(ग) लेखा दुरुस्त राख्ने ।
(घ) नियमित रुपमा वार्षिक लेखा परीक्षण गराउने ।
(ङ) सस्थाले आवश्यक ठानेको ठाउँमा समितिको बैठकले तोकेको खर्च अध्यक्षको आदेशकम रकम निकास गर्ने, र अध्यक्षको आदेश बिना रकम निकास गर्न नपाउने ।
(च) जिन्सी सामान तथा भौतिक संरचनाको रेखदेख गर्ने ।
(५) सह—सचिवको काम कर्तव्य र अधिकार ः
(क) संस्थाको सचिवालयको रेखदेख र संचालन गर्ने ।
(ख) अध्यक्षको निर्देशन अनुसार बैठक र सभा बोलाउने ।
(ग) अभिलेख सुरक्षित राख्ने ।
(घ) अध्यक्षले दिएको सचिवको अनुउपस्थित जिम्मेवारी पूरा गर्ने ।
(६) सदस्यहरुको काम कर्तव्य र अधिकार ः
(क) समितिको बैठकमा सक्रिय सहभागिता जनाउने ।
(ख) संस्थाको कार्यमा रचनात्मक भूमिकाको निर्वाह गर्ने ।
संस्थाको कोषः
(१)संस्थाको आफ्नो छुट्टै कोष हुनेछ र सो कोषमा देहाय बमोजिमको प्राप्त रकमहरु जम्मा हुनेछन्ः
(क) सदस्यता बापत प्राप्त प्रवेश शुल्क र सदस्यता शुल्कको रकम ।ं
(ख) कसैले स्वेच्छाले दिएको अनुदान सहायता बापत प्राप्त रकम ।
(ग) संस्थाको चल अचल सम्पति वा अन्य वस्तुको विक्रिबाट प्राप्त रकम ।
(घ) विदेशी संस्था, व्यक्ति वा अन्र्तराष्ट्रिय संघ संस्थावाट सहयोग बापत प्राप्त रकम ।
(ङ) स्थानीय निकायबाट प्राप्त अनुदान वा सहयोग वापत प्राप्त रकम ।
(च) संस्थाको उद्देश्य अनुरुप आयोजना गरिएको समारोह, कार्यक्रम आदिबाट प्राप्त रकम ।
(२) विदेशी संघ संस्था वा व्यक्तिबाट आर्थिक सहयोग तथा अनुदान लिने भए संस्थाले समाज ऐन २०४९ को दफा १६ बमोजिम समाज कल्याण परिषदको पृर्व स्वीकृति लिनेछ ।
(३) संस्थामा प्राप्त रकम स्थानीय बैकमा जम्मा गरी बैंक खाता संंचालन गरिने छ ।
खाता संचालनः
संस्थाको बैंक खाता अध्यक्ष वा सचिव र कोषाध्यक्षको (अनिवार्य) संयुक्त दस्तखतबाट संचालन हुनेछ । प्रचलित ऐन नियम अनुसार खर्च गर्ने तथा खर्चको श्रेस्ता राख्ने व्यवस्था गरिनेछ ।
कोषको रकम खर्च गर्ने तरिका ः
संस्थाको कोषमा जम्मा भएको रकम खर्च गर्दा देहाए बमोजिम तरिका अपनाई खर्च गरिनेछ ।
(क) संस्थाको वार्षिक बजेट, योजना र कार्यक्रम स्वीकृत नगरी कोषबाट खर्च गर्न सकिने छैन ।
(ख) साधारण सभाबाट पारीत बजेट र कार्यक्रमको अधिनमा रही कोषबाट रकम खर्च गर्न सकिनेछ ।
(ग) कोषबाट खर्च भएको रकमको आर्थिक प्रतिवेदन साधारण सभामा अनिवार्य रुपले पेश गर्नु पर्नेछ ।
(घ) कोषको रकम खर्च गर्दा तोकिए बमोजिम खर्च गर्नु पर्नेछ ।
तदर्थ समितिः–
(१) यो संस्था स्थापना गरी दर्ता गराउनुको लागि गठित तदर्थ समितिले ६ महिना भित्र साधारण सभा बोलाई विधान अनुसारको निर्वाचन समितिको गठन गरी नयाँ कार्य समितको निर्वाचन गराउने छ र सो को जानकारी स्थानिय अधिकारीलाई दिईने छ ।
(२) प्रथम पटक निर्वाचन सम्पन्न नभए सम्मको अवस्थामा कार्य समितिले गरेका काम कारवाहीहरु यसै विधान सरह भएको मानिने छ ।
(३) हामी निम्न संस्थापक सदस्यहरु यस विधान बमोजिम कार्य गर्न मञ्जुर भई निम्न साक्षीको रोहवरमा विधानमा सहीछाप गर्दछांै ।
Categories:
About Us